नेपाल आजको समय | विराटनगर
ताजा समाचार :
बढ्दो लागूऔषध दुर्व्यसन: युवापुस्तामाथि गहिरिँदो संकट, रोकथाम र पुनःस्थापनामा जोड तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ? पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’

  • प्रकाशित मिति: Jul 6, 2026
नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फोटो क्याप्सन: नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’
ad728

काठमाडौं । ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपाली हलहरूमा प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपालमा रिलिज गरिएको यो फिल्म शनिबार साँझदेखि देशभरका सिनेमा हलमा प्रदर्शन सुरु भएको हो।

भव्य दृश्य, अत्याधुनिक प्रविधि र ‘लार्जर–देन–लाइफ’ सिनेमाटिक अनुभवका साथ तयार गरिएको फिल्मले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरसँग जोडिएको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

फिल्मका लेखक तथा निर्देशक अभिषेक नामा हुन्। उनले मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली र उग्र स्वरूपका रूपमा चित्रण गरेका छन्। धार्मिक सम्पदा र आफ्ना समुदायलाई दुष्ट शक्तिबाट जोगाउन रुद्रले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा हो।

फिल्ममा विराट कर्णसँगै नभा नतेश र ऐश्वर्या मेनन मुख्य भूमिकामा देखिएका छन्। यस्तै, महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

‘केजीएफ’ फिल्ममा ‘गरुडा’ पात्रबाट चर्चित बनेका रामचन्द्र राजुले यस फिल्ममा मुख्य खलनायकको भूमिका निभाएका छन्, जसले कथामा थप रोचकता ल्याएको निर्माण पक्षको दाबी छ।

एनआईके स्टुडियो र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको यस फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक परिवेशसँग जोड्दै प्रस्तुत गरेको छ।

निर्माण पक्षका अनुसार हिन्दु पौराणिक कथा, अध्यात्म र रहस्यपूर्ण कथावस्तु मन पराउने दर्शकका लागि ‘नागबन्धम’ विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।


समाचार अपडेट गर्नुभयो: Khabar24Online

प्रतिकृया दिनुहोस: